मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

३२ युनिट रगत संकलन

३२ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७८, आइतबार

पोखरा, १० साउन– पोखरामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीले पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लायन्स क्लब अफ ३२५ बि १ नेपालका ब्लड बैंक डिपार्टमेन्ट चिफ महेश पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरेर फेवा वेगनास चौतारीले सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका रक्त शाखा अधिकृत महेन्द्र केसीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो । क्लबले हरेक वर्ष नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष महेश्वर रिमाल बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->