बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

३ वर्षसम्म पनि अधुरै छ ‘फाइल’ !

घटना २०७५ कात्र्तिक ११ गते रातिको हो । कौशिलाको शव १२ गते बिहान खाटमुनि पटुकाघाँटीमा बेरिएको, टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा भेटिएको थियो ।


  • विजय नेपाली
  • साउन १८ २०७८, सोमबार

पोखरा, १८ साउन– ३ वर्षअघि कास्कीमा एक वृद्धाको हत्या भयो । कास्कीको माछापुच्छे« गाउँपालिका–८ खोराकोमुखमा ७९ वर्षीया वृद्धा कौशिला गुरुङको उनकै निवासमा विभत्स रुपले हत्या गरिएको थियो ।
हत्या हुनुको मुख्य कारण उनको गरगहना चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, हत्या भएको ३ वर्षसम्म पनि कास्की प्रहरी हत्यारासम्म भने पुग्न सकेको छैन । प्रहरीले हत्याकै आरोपमा एक व्यक्तिलाई पक्राउ गरी ३ हप्तासम्म हिरासतमा राखेर सोधपुछ गरेपनि आवश्यक प्रमाण पुष्टि नभएपछि छाडेको थियो । उनीबाहेक अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिएर छाडेका थिए ।
घरमा एक्लै भएको अवस्थामा हत्या गरिएको थियो । घटना घटको ३ वर्षसम्म अनुसन्धान गर्दासमेत प्रहरीले मेसो पाउन सकेको छैन । प्रहरीले उक्त घटनामा प्रमाण नपुगेर छाडेकै व्यक्तिलाई केही समयअघि मुद्दा चलाउने तयारी गरिरहेको थियो । तर, प्रहरी उक्त घटनाको गहिराइमा पुग्न भने सकेको छैन ।
घटनाबारे छानविन चलिरहेकै समयमा प्रहरीको शंकाको घेरामा रहेका आरोपीको पनि मृत्यु भएको जानकारी प्रहरीलाई आएको छ । मद्दा चलाउने भनिएको व्यक्तिकै मृत्यु भएको प्रहरीले थाहा पाएपछि घटना त्यसै सेलाउने देखिएको छ ।
घटना २०७५ कात्र्तिक ११ गते रातिको हो । उनको शव १२ गते बिहान खाटमुनि पटुकाघाँटीमा बेरिएको, टाउकोमा चोट लागेर रक्ताम्य अवस्थामा भेटिएको थियो । हत्याराले ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएका थिए ।
‘हामीले कौशिला हत्याको केश अघि बढाएका थियौं । सोधपुछका लागि ल्याउने तयारी गरेको अवस्थामा मृत्यु भइसकेको भन्ने खवर पाएका छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुबास हमालले भने, ‘हामीले आधिकारिक खबर पाएका छैनौं । तर, व्यक्तिको मृत्यु भएको खवर आएको छ । आधिकारीक रुपमा बुझ्दै छौं ।’ आरोपीको असार १३ गते मृत्यु भएको हमालले जानकारी दिए ।
प्रहरीले उनलाइ पक्राउ गरेर सोधपुछ गर्दा हत्या सोही व्यक्तिले हत्या गरेको हुनसक्ने अनुमान गरेपनि अनुसन्धानको क्रममा गुरुङको साथमा रहेको भनिएको सुन हराएको थियो । गुरुङले हातमा लगाएको सुनको वाला र सिक्री हराएको थियो । गुरुङसँग बस्दै आएका जेठा छोरा कात्र्तिक १० गते दिदीको घर गएका थिए । दिदीको घरमा धान काटेर छोरा १२ गते फर्किँदा आमालाई मृत अवस्थामा भेटेका थिए ।
आरोपितले हत्याबारे फरक फरक बयान दिएका थिए । उनले कहिले हत्या गरेको बताउँदै आएका थिए भने कहिले नगरेको बताउँदै आएका थिए । जुन कुरा प्रहरीको लागि टाउको दुखाइको कुरा बनेको थियो ।
प्रहरीले प्रमाण नभेटेपनि अहिले भने मुद्दा चलाएर केश अघि बढाउने तयारीका साथ पक्राउ गर्न पठाएको स्रोतले बताएको छ । उनका अनुसार प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो अनुसन्धानको क्रममा उनको साथबाट सुन फेला नपरेपछि उनलाई छाडिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->