बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रेन्सालाई सरुभक्त पुरस्कार

प्रेन्सालाई सरुभक्त पुरस्कार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८३, बुधबार

पोखरा/बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ । कक्षा ९ की प्रतिभाशाली छात्रा रेग्मीलाई कात्तिक २१ गते हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार राशि नगद ५० हजार र सम्मानपत्र छ । पुरस्कार छनोट समिति संयोजक डा ईश्वरमणि अधिकारीले रेग्मीको सानै उमेरदेखि सामाजिक क्षेत्रको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा गरेको कामको मूल्याङ्कन गर्दैै पुरस्कारका लागि सिफारिस गरिएको बताए ।

२०६९ फागुन ६ गते म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा–११, फूलबारीमा बसोबास गर्छिन् । कोभिड १९ महामारीका कठिन समयमा उनले मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र आवश्यकतामा परेकाहरूलाई कपडा उपलब्ध गराउनेजस्ता मानवीय कार्य गरेकी थिइन् ।

उनले लुगा बैंक स्थापना गरी विपन्न बालबालिका तथा परिवारलाई सहयोग पु¥याएकी छन् । विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने, विपन्न समुदायका आवश्यकतामा सहयोग गर्ने तथा सामाजिक जागरण फैलाउने कार्यमा समेत उनको सक्रियता छ ।

१६ वर्षमुनिका बाल प्रतिभालाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमा स्थापना भएको हो । यसअघि यो पुरस्कारवाट तेम्वाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङदी शेर्पा र सुप्रिम मल्ल ठकुरीले सम्मानित भइसकेको सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । यो पुरस्कार केन्द्रले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->