पोखरा/शैक्षिक बचत तथा ऋण सहकारीले २६ औं स्थापना दिवस मनाएको छ । पोखरा–८, शिवालयमार्गमा रहेको सहकारीले मानवसेवा आश्रममा भोजन तथा कार्यालयमा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।
सहकारीले आश्रममा १८ हजार ५ सय रुपैयाँ बराबरको भोजन खुवाएको हो । छोरेपाटनस्थित मानवसेवा आश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएको हो ।आश्रमले असहाय, शारीरिक तथा मानसिक अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा परिवारबाट छुट्टिएका वा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै आएको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न कार्य गर्दै आएको छ । संस्थाका अध्यक्ष लीलाधर बराललेस्थापना दिवस आश्रममा मनाउन पाउँदा निकै खुसी लागेको सुनाए ।





