बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली

प्रदेश प्रमुख गुरुङले गरे पदबहाली


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७८, सोमबार

पोखरा, १८ साउन – प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन् । निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै १२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेकी थिइन् ।
पदबहाली गर्दै प्रदेश प्रमुख गुरुङले संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न संविधानलाई आत्मसात गर्दै जिम्मेवारी बहन गर्ने बताए । संघीय व्यवस्थालाई कमजोर हुन नदिने उनले आफ्नो प्रतिवद्धता जनाए ।
नयाँ प्रदेश प्रमुख पृथ्वीमानलाई स्वागत गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको मर्म र भावनाअनुसार प्रमुखबाट अभिभावकीय भूमिका प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
गण्डकीमा पृथ्वीसुब्बा नेतृत्वको सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । कांग्रेस पृष्ठभूमिकै पृथ्वीमान प्रदेश प्रमुख बनेर आएका छन् ।
प्रदेश प्रमुख बाबुराम कुँवरलाई पदमुक्त गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा सरकारबाट नियुक्त अमिक शेरचनले २०७६ कात्तिक २० गते पदभार सम्हालेका थिए ।

नेकपा विभाजित भएपछि शेरचनलाई पदमुक्त गरी पौडेललाई प्रदेश प्रमुख बनाइएको थियो । शेरचन अहिले फेरि लुम्बिनी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङसँगै एकै दिन नियुक्त भएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी प्रमुख फेरिनेमा गण्डकी पहिलो छ । गण्डकीमा चौथो पटक प्रदेश प्रमुख फेरिएका हुन् ।
संघ तथा प्रदेशको निर्वाचनलगत्तै २०७४ माघ ३ मा देउवा नेतृत्वको सरकारले पहिलो पटक बाबुराम कुँवरलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
त्यसपछि ओलीको नेतृत्वमा नेकपा सरकार बनेपछि २०७६ कात्तिकमा कुँवरलाई हटाउँदै अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
संविधानको धारा १६३ मा राष्ट्रपतिले पदावधि सकिनुअघि पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ । तर, प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २ पटक प्रदेश प्रमुख फेरेको थियो भने अहिले देउवा नेतृत्वको सरकारले पनि पुरानालाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख पठाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->