पोखरा/ अस्तव्यस्त खोप केन्द्र : पोखरा ३ नदीपुरस्थित कोभिडविरुद्धको खोप केन्द्रमा खोप लगाउन पुगेकाहरुको अस्तव्यस्त लाइन । महानगरले उक्त केन्द्रमा पहिला छुटेका स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मी, सरकारी कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई खोप लगाउने व्यवस्था गरेको थियो । तर, सेवा व्यवस्थित बनाउन नसक्दा खोप केन्द्रमा अस्तव्यस्त भिडभाड देखिन्थ्यो । लक्षित वर्गका केही सेवाग्राही दिनभरको चर्को घाममा लाइन लागेर पनि खोप लगाउन नपाएपछि फर्किनु परेको थियो । खोपमा पहुँचवालाको दुरुपयोग भएको भन्दै जारी खोप अभियान केही समय रोकिएको थियो । रोकिएका खोप कार्यक्रम महानगरले आइतबारबाट फेरि सुरु गरेको हो । महानगगरले यस पटक जनसन र भेरोसेल खोपको व्यवस्था गरेको छ ।



तस्वीर : विकास मगर/ढोरपाटन





