बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

न्यूरोडको दूध डेरी र किराना पसलमा आगलागी

न्यूरोडको दूध डेरी र किराना पसलमा आगलागी


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७८, मंगलबार

म्याग्दी, २६ साउन – जिल्लाको सदरमुकाम बेनी बजारमा मंगलवार विहान आगलागी भएको छ ।

बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभएपनि लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी पाँच बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।

रघुगंगा डेरीबाट सुरु भएको आगो नयन स्टोर्समा पनि सल्किएको थियो । आगलागीको क्रममा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->