बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

जुवा खेलिरहेको अवस्थामा ७ महिला सहित १३ पक्राउ

जुवा खेलिरहेको अवस्थामा ७ महिला सहित १३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७८, बिहिबार

पोखरा, २८ साउन – पोखरामा जुवाको खालबाट ७ जना महिला सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १० उत्तमचोकमा भाडामा बस्दै आएकी सरु गुरुङले तास खेलाइरहेको अवस्थामा १३ जनालाइ वडा प्रहरी कार्यालय रामवजारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्य ७ जना महिला रहेका छन् भने, ६ जना पुरुष रहेका छन् ।

उनीहरुको साथबाट नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैँया र तास बरामद भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->