बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

ब्राउन सुगर सहित ३ पक्राउ

ब्राउन सुगर सहित ३ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७८, बिहिबार

पोखरा, २८ साउन–कास्की प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाइ विजयपुरबाट पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका २६ विजयपुर शान्तिमार्गमा लागु औषध ब्राउन सुगर बोकेर हिडिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माछापुच्छे« ४ घरभई विजय पुर बस्दै आएका १९ वर्षिय सुरज रानाभाट, विजयपुरका २५ वर्षिय आगमन राइ र पोखरा नयाँबजारका ४० वर्षिय मनसुराम सुनार रहेका छन् ।

प्रहरीले उनीहरुलाइ शंकाको आधारमा चेकजाच गर्दा ब्राउन सुगर भेटेको निमित्त प्रवक्ता दिपक केसीले जानकारी दिए । उनीहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५७५ मिलीग्राम, मोवाइल २ थान र १० हजार रुपैँया बरामद गरेको छ ।

नियन्त्रण पश्चात लागुऔषध मुद्धा दर्ता गराइ १० दिन म्याद थप गरि थप अनुसन्धान भइराखेको केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->