बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन

भूमि आयोग फिर्ता गर्न माग गर्दै पोखरामा हस्ताक्षर संकलन


  • ढोरपाटन संवाददाता
  • साउन ३२ २०७८, सोमबार

पोखरा, ३२ साउन–नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ ।

अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको हो ।

बर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका किसान, पुस्तौदेखि एक आना जग्गा पनि नभएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्कीका अध्यक्ष रघुनाथ भण्डारीले जानकारी दिए ।

समितिले प्रधानमन्त्री समक्ष पु¥याउनका लागि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई संकलित हस्ताक्षर बुझएको हो ।

हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हस्ताक्षर सम्बन्धित निकायमा पु¥याइने बताए । हस्ताक्षर संकलन कार्यक्रमा भूमिहिन, सुकुम्वासी तथा किसानहरूको ठूलो सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->