बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

अनाधिकृत चन्दा उठाउने ३ जना पक्राउ

अनाधिकृत चन्दा उठाउने ३ जना पक्राउ

भावनामा खेल्दै चन्दा उठाउछन् : प्रवक्ता हमाल


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७८, शनिबार

पोखरा/ मृर्गौला पीडितका लागि भन्दै पोखरामा चन्दा उठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको विभिन्न स्थानमा मृर्गौला पीडितका लागि सहयोग गर्ने नाउँमा झूठा भ्रम फैलाई चन्दा असुल्दै आएका झापाकी १ महिलासहित २ पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पाल्पा माथगढीगा ४ का मृर्गौला पीडित ३५ वर्षीय चुडाबहादुर रुचालको उपचारका लागि भन्दै पोखरामा चन्दा उठाउँदै आएका ३४ वर्षीया एलिजा बस्नेत, ४४ वर्षका धनबहादुर सेन्चुरी र टेक बहादुर बस्नेतलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँसहित रसिद र पर्चासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । युनिक स्वयंसेवक नेपाल नामक संस्थाबाट मृर्गौला पीडितका लागि सहयोग गर्ने भन्दै पोखराभित्र चन्दा उठाउँदै आइरहेको हमालले जानकारी दिए ।

उनीहरुले केन्द्रीय कार्यालय सुनसरीमा दर्ता गरी दैनिक रुपमा १० वटा ट्याम्पो समेत भाडामा लिई देशका मुख्य मुख्य सहरमा पुगेर अनुमतिबिनानै चन्दा असुल्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुले हालसम्म विभिन्न १२ जना विरामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, पाल्पा तथा स्याङ्जामा समेत रकम उठाउँदै आएको भेटिएको हमालले जानकारी दिए ।

‘युनिक स्वयंसेवक नेपाल केन्द्रीय कार्यालय धरान सुनसरी नामको संस्था दर्ता गरी सोही संस्थाको नाममा रसिद छपाइ जिल्ला पाल्पा साविकको झडेवागा गाविस हालको माथगढीका मृर्गौला पीडित चुडाबहादुर रुचालको उपचारको नाममा पोखरामा चन्दा उठाउँदै छ भन्ने सूचनाका आधारमा हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘चन्दा उठाउनका लागि नेपाल सरकार वा प्रदेश सरकारको स्विकृत चाहिन्छ । यिनीहरुले कानुनविपरीत काम गरको पाइयो ।’
उनीहरु कास्कीमा मात्र नभई देशका विभिन्न जिल्लामा पुगेर विशेष गरी ग्रामीण भेगमा चन्दा असुल्ने गरेको भेटिएको उनले बताए । उनका अनुसार व्यक्तिलाई भावुक बनाएर चन्दा असुल्दै आइरहेका छन् । उनले चन्दा ऐन २०३० अन्तर्गत मुद्दा दर्ता गरी ५ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

उनीहरुले वास्तविक सहयोगका लागि वा ठगी गर्ने मनासायले गरेको भन्ने विषयमा भने अनुसन्धान गरिरहेको उनले बताए । झापा विर्तामोड ९ पश्चिम स्ट्याण्डकी एलिजा संस्थाकी अध्यक्ष हुन् । यस्तै सोही क्षेत्रका टेकबहादुर र हल्दिबारी गाउँपालिका १ का धनबहादुर संस्थाका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->