तनहुँ/ र्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले नेकपा एमालेले सभामुखसँग आक्रोशित भएर संसद चल्न नदिनु नाजायज भएको टिप्पणी गरेकी छन् । निर्वाचन आयोगबाट दलको मान्यता पाएको एकिकृत समाजवादी पार्टीका सांसदलाई कारबाही गर्न नमिल्ने भएकाले सभामुखले कानुन र अधिकार प्रयोग गरेको उनको भनाई छ ।
मंगलबार तनहुँ आएकी मन्त्री भुषालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दैै माधव नेपाल, प्रचण्ड र देउवाप्रतिको आक्रोश सभामुखलाई पोखेको उनको आरोप छ । ‘वेतुकको गैरराजनीतिक आरोप प्रत्यारोपमा लागेर प्रतिगमनकारी सोचले आफ्नै पार्टी सिध्याउने, कम्युनिष्ट पार्टी सिध्याउने काम भईरहेका छ । यो ढंगले आफ्नो पराजय पतनको अभिव्यक्ती सभामुखमाथी दिईरहेका छन् । र आफैँलाई नांगिई पनि राखेका छन्’, उनले भनिन् । वार्ता, संवादको प्रकृया सभामुखले अपनाउदा एमाले उपस्थित नभएको मन्त्री भुषालले बताईन् । अब ३० भदौ भित्र संसदबाट नयाँ बजेट पास गरेर कार्यन्वयनको चरणमा जाने बताईन् ।
उनले अबको निर्वाचन केन्द्रित गतिविधीमा लाग्न नेता कार्यकर्तालाई अनुरोध गरिन् । ‘अबको ६÷७ महिनामा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी लाग्नुहोला’, उनको अनुरोध छ । अबको निर्वाचनमा गठबन्धन नै मिलेर होमिन सक्ने उनले संकेत गरिन् । एउटै पार्टीको बहुमत नआउने भएकाले निर्वाचनपछि पनि गठबन्धन सरकार बन्ने उनले उल्लेख गरिन् । तर, आफ्नै संगठनलाई बलियो बनाउनुपर्नेमा उनको जोड छ । सरकार र पार्टीका गतिविधी जनतालाई स्पष्ट पार्नुपर्ने निर्देशन समेत मन्त्री भुषालले दिएकी छन् ।





