पोखरा/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी केही तंग्रिएका छन् । गएको साउन १ गते एक्कासी मस्तिष्कघात भएपछि उनी लामो समयसम्म उपचाररत रहेका थिए ।
उनी शनिबारमात्रै पोखरा आएका हुन् । मेयर जिसी अवस्थ हुँदा महानगरको दैनिक कामकाज प्रभावित भएको थियो । सोमबार महानगर कार्यालय पुगेका मेयर जिसीले आफू छिट्टै पूर्णरुपले निको भएर काममा फर्कने आशा व्यक्त गरे । उनले आफू कार्यालय नआउँदासम्म दैनिक कार्य संचालनको लागि उपमेयर मञ्जुदेवी गुरुङलाई लिखित रुपले नै कार्यवाहकको जिम्मेवारी दिए ।
कार्यालय पुगेका मेयर जिसीले दशैं र तिहारको शुभकामना पनि व्यक्त गरे । कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्यप्रति सचेत रहन उनको आग्रह थियो । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्’, जिसीले भने,‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’





