बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्रोनिक खानेपानी आयोजना बनाइने

क्रोनिक खानेपानी आयोजना बनाइने


  • Dhorpatan News
  • कार्तिक २ २०७८, मंगलबार

बागलुङ/खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले लामो समय नबनेका क्रोनिक योजना पहिलो चरणमा सम्पन्न गर्ने लक्ष राखेको छ ।

डिभिजनले कार्ययोजना बनाएर ती योजनाको अध्ययन समेत थालेको इन्जिनियर बिक्रम शाहले बताए । बिशेषगरी निर्माणाधिन, सानो बजेट थप गर्दा उपभोक्ताले पानी खान पाउने लगायतको अबस्थाका आयोजना पहिलो चरणमा सम्पन्न गर्न गण्डकी प्रदेशको खानेपानी मन्त्रालयले समेत निर्देशन दिएको उनले बताए ।

खानेपानी मन्त्रालयका महाशाखा प्रमुख प्रेम डोटेललले बर्तमान मन्त्री हरिशरण आचार्यको निर्देशन बमोजिम आधारभूत तहको खानेपानी सबैलाई पु¥याउन पहल गर्ने र दोश्रो चरणमा मात्रै अन्य योजनामा हात हाल्ने भनेपछि यो अभियान आएको हो । मन्त्रालयले सबै जिल्लाका क्रोनिक योजनाको अध्ययन समेत थालेको उनले बताए ।

ती मध्ये बागलुङको पैयुँपाटा स्थित खानेपानी क्किम नम्बर ३ को आयोजना समेत बनाउने लक्ष राखेको शाहले बताए । उक्त खानेपानी आयोजना बर्षौदेखि अलपत्र छ । दशक अघि यो योजना शुरु भएको थियो । तर टुक्रे बजेटकै कारण यो आयोजना पनि पुरा नभएपछि उपभोक्ताले सास्ती खेपेको अध्यक्ष एकनाथ रेग्मीले गुनासो गरे । ‘बजेट थोरै आएको छ, बनाउँदा बनाउँदै केही खण्डमा पहिरोले पाइप बगायो, इन्टेकका कतिपय सामान भत्कने बिग्रने भैसकेको छ’ रेग्मीले भने, ‘एकैदुइ बर्षमा सक्ने गरी आयोजना ल्याउन किन नसकेको होला ?’ ९ करोड ८४ लाखको यो आयोजनाबाट ३ सय ५० घरधुरीले शुद्ध खानेपानी पाउने गरी काम थालिएको हो ।

यो आयोजना पुरा गर्न अझै डेढ करोड खर्च लाग्ने अनुमान गरिएको इन्जिनियर शाहले बताए । यो आयोनजाका ३ सय ५० घरमै धारा बनिसकेका छन् । अब सबैमा टुटी राख्न मात्रै बाँकी छ । शाहले भने यो बर्ष धारोमा पानी खस्ने गरी काम गर्ने लक्ष रहेको र मन्त्रालयले पनि सोही अनुसारको बजेट दिने आश्वासन दिइसकेको बताए । वडा तहमा पनि बजेट कम भएकोले लगानी गर्न नसकेकोले डिभिजन र मन्त्रालय ताकेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘सानो तिनो मर्मतमा हामीले लगानी गरेकै छौं, तर मुख्य काममै लगानी पुगेको छैन’ उनले भने, ‘बर्षमा पाँचसात लाख बजेट आउँदा बनिसकेका संरचनापनि ध्वस्त हुने भए ।’ बितरणकालागि तयार भएको ट्यांकी समेत बर्षातमा लेउ पलाएपछि स्थानीयले श्रमदान लगाएर सफाइ गरेको उनले बताए । उनले राउले बिजयखाल्टाका खानेपानी आयोजना शुरु गर्न समेत डिभिजनमा आग्रह गरेको बताए ।

खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख प्रेम डोटेलले अब आवस्यकताको स्थानमा बजेट बढाएर काम सम्पन्न गर्ने योजना सुनाए । ‘धेरै उपभोक्ता पीडित भएकै हुन्, अब आधारभूत तहको खानेपानी पु¥याएपछि मात्रै ट्रिटमेन्ट प्लान्टमा लगानी गर्छौ’ उनले भने, ‘बर्षौदेखि अलपत्र आयोजना अब एकैबर्षमा सकिने गरी काम हुनेछन् ।’ डिभिजन खानेपानी कार्यालय मार्फत तत्काल काम सक्न पहल भएको उनले बताए ।

 

रायडाँडा कुश्मीसेरा खानेपानी आयोजना पनि बर्षौदेखि रोकिएकोले उचित बजेट बिनियोजन गरेर काम सक्न उपभोक्ता समितिका अध्यक्ष रुद्रप्रसाद आचार्यले आग्रह गरे । ५ सय १९ घरधुरी उपभोक्ताले बर्षातमा हिलो पानी छानेर खान बाध्य भएको भन्दै आधारभूत खानेपानी पु¥याउन उनले माग गरेका हुन् । २०६७ सालमा नेपाल सरकारको केन्द्रीय आयोजना अन्र्तगत यो खानेपानी आयोजनाको काम थालिएको हो । त्यतिबेला ७ करोड १३ लाख स्टिमेट गरिएको थियो । स्थानीयले पाइपलाइन बिच्छ्याउने, ढुंगागिटी र वालुवा खेप्ने समेत गरी २ करोड १६ लाखको श्रमदान पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->