बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बेवारीसे शव फेला

बेवारीसे शव फेला


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०७८, शुक्रबार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ । लिङ्ग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहिबार स्थानीयले खोला किनारमा बेवारीसे अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटना स्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखेको छ । ‘पहिचान गर्न निकै कठिन अबस्थाको शव छ, हामि अनुसन्धानमा छौं’ प्रहरी नायव उपरीक्षक इकवाल हवारीले भने ‘शिशुको शव कस्ले किन वेवारीसे अबस्थामा छोडेको भन्ने केही पत्तो लागेको छैन् ।’ चार÷पाँच महिनाको गर्भ जस्तो देखिने शिशुको शव भेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->