बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङमा भुजी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
शनिबार साँझ भुजी खोलामा साथीहरुसँग खेल्न भनि गएका ढोरपाटन नगरपालिका वडा नं. ७ धाराबोट बस्ने दिल बहादुर बिकका ५ बर्षिय छोरा जिबन बिक बेपत्ता भएका हुन् ।
उनी साथीहरुसँग खेल्ने क्रममा भुजी खोलामा रहेको साघुँबाट खसेका स्थानीयले बताएका छन् । नमुना बालविकास धारकोटमा अध्यननरत बिक दिउँसो खेल्दा खेल्दै खोलामा पुगेका थिए । बेपत्ता बिकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट ५ जनाको टोली खटिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
नजिकैमा रहेको पुलको विकल्पमा अस्थायी रुपमा बनाईएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ ।
यस्तै, बागलुङको जैमिनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । जैमिनी नगरपालिका वडा नं. २ ठेउले खोलाको किनारमा जैमिनी वडा नं. ४ सिस्नेरा बस्ने ४५ बर्षिय दलबिर सार्की मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको बिषयमा केही नखुलेको प्रहरीले जनाएको छ ।





