बागलुङ/ नेपाल बिउ व्यवसायी संघ जिल्ला समन्वय समितिको अध्यक्षमा निर्मला जिसी पन्त चयन भएकी छन् । समितिको दोस्रो अधिबेशनले पन्त अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बाबुराम शर्मा, सचिव कृष्ण प्रसाद गौतम र कोषाध्यक्षमा गंगा राना मगर रहेका छन् ।
समितिका सदस्यहरुमा टोपबहादुर खड्का, डिल्ली प्रसाद गौतम दिलबहादुर कुमाल, गोमा थापा बुढा, प्रेमबहादुर क्षेत्री नारायणबहादुर खत्री र रबिन खड्का रहेका छन् । अधिवेशनको उद्घाटन गर्दै कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बिउ उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था रहेको बताए ।
कार्यक्रममा बिउ व्यवसायी संघ गण्डकी प्रदेश सदस्य बिनोद कार्की, गंगा तिमिल्सिना, साल्ट्र टे«डिङ्ग कर्पोरेशन बागलुङका प्रमुख मनोज कुमार श्रेष्ठ, बिउ व्याव्सायी सघंका सल्लाहकार केबी राना मगर, सदस्य टोपबहादुर खड्का, सघंका सदस्य एबं न्यु धौलागिरी एग्रोभेट बेनी म्याग्दीका प्रोप्राईटर जगत केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल बिउ व्यवसायी संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष निर्मला जिसी पन्तको अध्यक्षता, उपाध्यक्ष बाबुराम शर्माको स्वागत र सचिव कृष्ण प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।





