बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सबै वडामा अग्नि नियन्त्रक

सबै वडामा अग्नि नियन्त्रक


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७८, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिकाले सबै वडा र स्वास्थ्य संस्थाहरुमा अग्नि नियन्त्रणक उपकरण हस्तान्त्रण गरेको छ । आगजनीबाट जोगाउनका लागि आवश्यक प्रयोग बिधिको जानकारी गराउँदै नगरले सबै वडामा अग्नि नियन्त्रक उपकरण तयारी अवस्थामा राख्ने भएको हो ।

वडा सचिव र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरी अग्नि नियन्त्रक प्रयोग बिधिका बिषयमा जानकारी गराईएको थियो । नगरको बिपत् व्यवस्थापन शाखाको आयोजनामा भएको कार्यक्रममा इञ्जिनियर गौरव शर्माले प्रयोग बिधि सिकाए ।

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले अग्नि नियन्त्रक उपकरणको सदुपयोग गर्न आग्रह गरे । नगरपालिकाको कार्यालयका तर्फबाट ऋषि गोतामेले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->