मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मानवसेवा आश्रममा कामना बैंकको सहयोग

मानवसेवा आश्रममा कामना बैंकको सहयोग


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

बागलुङ/ कामना सेवा बिकास बैंक लि.ले आफ्नो स्थापनाको १५ औं बर्षको अबसरमा मानवसेवा आश्रममा न्यानो कपडा र खाद्यान बितरण गरेको छ ।

बागलुङ शाखाको अगुवाइमा आश्रममा ३० हजार रुपैयाँका सामान बितरण भएको शाखा प्रबन्धक शालीग्राम अधिकारीले बताए । बुधबार दिउँसो आयोजित कार्यक्रममा अधिकारीले आश्रमका संचालक निर्मलबहादुर श्रेष्ठसहितका सदस्यलाई सामान हस्तान्तरण गरे । उनले देशभरका १ सय ३० शाखाले कुनै न कुनै सेवाको काम गरेको पनि जानकारी गराए ।

कार्यक्रममा सामाजिक अगुवा देबबहादुर श्रेष्ठले आश्रममा आश्रितलाई अत्यावस्यक परेको सामान दिएकोले सदुपयोग हुने बताए । सडकमा अलपत्र परेका नागरिकलाई राज्यले संरक्षण गर्न नसकेको अबस्थामा आश्रममार्फत युवाहरुले गरेको अभियान अनुकरणीय भएको समेत बताए । आश्रममा ५० जना आश्रित छन् बिभिन्न संघसंस्थाले दिने दानबाट आश्रम संचालित छ ।

आश्रमले आफ्नै भवन समेत बनाउन लागेको छ । बानपा–४ स्थित निरयघाटमा भवन निर्माण भैरहेको हो । गत आर्थिक बर्ष गण्डकी प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँमा स्थानीय श्रमदान २० लाख थपेर ७० लाखमा भवनको पहिलो तल्ला निर्माण भएको हो । निरयघाटमा रहेको पञ्चगुठीको ५ रोपनी जमिन आश्रमलाई उपलब्ध गराएपछि ७ करोडको लागतमा भवन बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->