शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बागलुङमा गुडिरहेको टिपरमा आगलागी

बागलुङमा गुडिरहेको टिपरमा आगलागी


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार
फाईत तस्विर

बागलुङ/ बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा गुडिरहेको टिपरमा आगलागी भएको छ ।

इट्टा ल्याएर पोखराबाट बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँको भ्यूटावर तिर जानका लागि हिडेको गरेको लु १ ख ३५०५ नम्बरको टिपरमा अचानक आगलागी भएको हो ।
आगलागीको कारण टिपरको अगाडीको भाग पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए । गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालक र सवार १ जनाले हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

गुडिरहेको अवस्थामा टिपरको अगाडीको भागबाट धुँवा आएपछि साइड लगाएर आफुहरु हामफालेर ज्यान जोगाएको चालकले जनाएको हवारीले बताए । बागलुङ नगरपालिकाको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण टिपरको इन्जिन रहेको अगाडीको भाग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक हवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->