बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मैत्रीपूर्ण फुटसलमा महासंघको जीत, कैदीबन्दीलाई रेडियो

मैत्रीपूर्ण फुटसलमा महासंघको जीत, कैदीबन्दीलाई रेडियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७८, शनिबार

बागलुङ/धौलागिरि एफएम बागलुङको १७ औं वार्षिकोत्सव अन्र्तगत शुक्रबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । पत्रकार महासंघ बागलुङ र धौलागिरि एफएमबीच भएको फुटसल प्रतियोगितामा पत्रकार महासंघ विजयी भएको छ ।

महासंघले १३ गोल हान्दा आयोजक धौलागिरि एफएमले ६ गोलमात्रै गर्न सक्यो । रस आवर फुटसल बागलुङमा भएको खेल उद्घाटन गर्दै एफएमका अध्यक्ष हरिनारायण गौतमले मैत्रीपूर्ण खेलले सञ्चार संस्था र पत्रकार महासंघका बीच सुमधुर सम्बन्ध कायम गराउने बताए ।

कैदीबन्दीलाई रेडियो

धौलागिरी एफएम बागलुङले जिल्ला कारागार कार्यालय बागलुङमा रहेका कैदी बन्दीलाई रेडियो प्रदान गरेको छ । एफएमको १७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार कैंदीबन्दीलाई रेडियो प्रदान गरिएको हो ।
कारागारमा आयोजित एक कार्यक्रमबीच पुरुष कैदीबन्दी र महिला कैदीबन्दीलाई रेडियो प्रदान गरिएको स्टेसन प्रमुख उमाकान्त शर्माले बताए । रेडियोका अध्यक्ष हरिनारायण गौतमले जेलर दीपेन्द्र पौडेल र चौकिदारलाई रेडियो हस्तान्तरण गरेका थिए ।
बन्दीहरुलाई सूचना र सन्देशबाट टाढा रहनु नपरोस भन्ने उद्देश्यले रेडियो वितरण गरिएको सम्पादक ताराप्रसाद शर्माले बताए । एफएमले विभिन्न त्रिदिवसीय कार्यक्रमसहित वार्षिकोत्सव मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->