बागलुङ/ रोकी राखेको पिकअप भ्यान यात्रुले चलाउन खोज्दा दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङमा रोकी राखेको पिकअपभ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ घर भएका कृष्ण बि.क.का ८ बर्षिय छोरा जोन सिर्पालीको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक जयराम वन्तले बताए । असावधानिका कारण दुर्घटना भएको हो ।
घटनामा ढोरपाटन १ का ५८ वर्षिय नरकितव सुनार, ढोरपाटन ६ का ३० वर्षिय विष्णु प्रसाद सापकोटा, ढोरपाटन ५का ४७ वर्षिय सक्रेनी घर्ति, ढोरपाटन ५ कै ५० वर्षिय नरमला घर्ति, ढोरपाटन १ का ४८ वर्षिय लेविन्द्र कुवंर र ढोरपाटन ७ का ९ का आकाश घर्ति घाईते भएका छन् ।
ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बजारदेखि तारिखेत जाने झोलुङे पुल नजिकै रोकिरहेको ग२च ५९८० नम्बरको पिकअप अन्य व्यक्तिले चलाउन खोज्दा दुर्घटना भएको हो । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानकारी दिए । घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।





