बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ र म्याग्दी जोड्ने झोलुंगे पुल शिलान्यास

बागलुङ र म्याग्दी जोड्ने झोलुंगे पुल शिलान्यास


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

बागलुङ – छिमेकी म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतवार शिलान्यास भएको छ । बागलुङ नगरपालिका–४ कुँडुले देखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुलको आईतबार प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाले शिलान्यास गरे ।

दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुलले स्थानीयलाई सहज यात्राको अवसर मिल्नेछ । पुलको शिलान्यास गर्दै थापाले दुइ जिल्लाको सम्बन्ध अग्लो र लामो झोलुंगे पुलले झन् सुमधुर बनाउने बताए ।
पुलले दुबै जिल्लामा उत्पालित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने उनको भनाई छ । पुल निर्माणमा बजेट व्यवस्थापनका लागि समेत उनले पहल गरेका थिए । पुलले बागलुङको पञ्चकोट शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयको धारणा छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुबै जिल्लाको विकास निर्माणका लागि यो पुल कोषेढुंगा सावित हुने बताए । उहाँले म्याग्दी जिल्लालाई हिमाली जिल्लाको रुपमा घोषणा गर्न र दुबै जिल्लाको पर्यटन प्रर्वद्धनका लागि समेत पुल महत्वपुर्ण बन्नेमा जोड दिइन् ।

पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले ३ करोड ५० लाख लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए । बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष ध्रुव केसी र म्याग्दीको बेनी नगरपालिका–१ का अध्यक्ष टेक बहादुर रावलले म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउनका लागि पुल महत्वपूर्ण हुने बताएका थिए । पुल निर्माण गर्नका लागि बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भईसक्ने निर्माणको जिम्मा पाएको थानी हिमसिखर जेभीका नरहरी खड्काले बताए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->