बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ढोरपाटनमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण

ढोरपाटनमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७८, मंगलबार

बागलुङ – बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१ शङ्करटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष एवं निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् ।

क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीन दिने सो शिविर सञ्चालन गरेको हो । ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्बर अफ कमर्स र बुर्तिवाङ राइजिङ युथ क्लबले समेत शिविर सञ्चालनमा सहयोग गरेको थियो । सो अवसरमा क्लबले हिमालय आँखा अस्पताल पोखरालाई करिब रु आठ लाख बराबरको आँखा जाँच्ने मेसिन सहयोग गरेको थियो ।

यसअघि पर्वतको मोदी गाउँपालिका–७ राम्जाठाँटीस्थित पशुपति मावि, वडा नं १ को सेराबेँसी, पोखरा महानगरपालिका–१५ स्थित परोपकार गुरुकुल आश्रमलगायत स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->