सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बिवाइसीको अन्तरक्रिया

बिवाइसीको अन्तरक्रिया


  • ढोरपाटन संबाददाता
  • मंसिर ८ २०७८, बुधबार

बागलुङ/ बिवाइसी नेपाल बागलुङले अन्तरपरियोजना अन्तरक्रिया सोमबार बागलुङ बजारमा सम्पन्न गरेको छ । संस्थाले सञ्चालन गरेका परियोजनाको बिषयमा जानकारी, परिचय, सहयोग आदान प्रदान र सिकाई आदान प्रदानका लागि अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा झोलुंगे पुल क्षेत्रविकास कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, पशु मुल्य श्रृंखलामा आधारित परियोजना, सिकाई परियोजना र सामाजिक स्वास्थ्य इकाईका प्रतिनिधिहरु सहभागी थिए ।

अन्तर परियोजना अन्तरक्रिया कार्यक्रमले परियोजनाहरुको काम प्रभावकारी बनाउन थप सहयोग गर्ने सुरक्षित आप्रवासन परियोजनाका नविन शिशिर विकले बताए । कार्यक्रम अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, उपाध्यक्ष तोयानाथ गौतमको स्वागत र सचिव दीपक गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->