सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण

स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७८, बिहिबार

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको प्राङ्गणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारी लगायतले स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।सेवाग्राहीको चाप भैरहने कार्यालयमा सामाजिक उत्तरदायित्व बोधगर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यल बताए । शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराउनुभएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->