सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छन् : चोलेन्द्रले कति खाए.. खाए !

वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छन् : चोलेन्द्रले कति खाए.. खाए !

चोलेन्द्रले नियुक्त गरेकालाई पनि पनि श्रीमान् भन्दैनौ ।


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७८, बिहिबार

पोखरा/ नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले प्रधान न्यायधीश चोलेन्द्र समशेर जबरा र उनले नियुक्ति गरेका न्यायाधीशहरुले ठुलो भ्रष्टचार गरेको आरोप लगाएका छन् ।

जबराको राजिनामाको माग गर्दै आन्दोलन गरिरहेको बारको पोखरा आन्दोलनमा सहभागी हुँदै थापाले जबरामा मुख्य न्यायधीशमा हुनुपर्ने कुनै गुण नभएको जिकिर पनि गरे ।

उनले कानूनविद् चिन्ने एकमात्रै वर्ग बार एसोसिएसन रहेको दावी गर्दै बारबाट नभई व्यक्तिको भरमा प्रधानन्यायधीश बन्दा संविधानको धज्जी उँडेको बताए । बारको आन्दोलन सुरुवात मात्रै भएको जिकिर गर्दै उनले मुद्दा फैसला कसले गर्ने भन्ने पूर्वसेटिङको समेत पर्दाफास गरी नयाँ व्यवस्था बसाल्नुपर्नेमा जोड दिए ।

‘बार एसोसिएनसले चिन्दछ कानूनविद् । कानूनविद्को प्रतिनिधित्व हुन्छ भनेदेखि त्यो नेपाल बार एसोसिएसनले पठाउनुपर्दछ । कानूनविद्लाई किन अनुरोध गर्ने भन्दाखेरी दक्षताका लागि’,न्यायाधीश नियुक्ति प्रसंग निकाल्दै उनले भने,‘तपाईँ र मैले खोज्नुपर्ने लामो कुरा केही छैन् । बेन्चमा बसिरहेको न्यायाधीशको सन्दर्भमा तपाईँ कानून व्यवसायीको अधिकार मौलिक हकमा संरक्षित छ । तर, तपाईँ र मलाई हेला गरेर अपहेलित गरेर यो न कमन ल, न कानूको यहाँ त व्यक्तिगत नियुक्ति छ । व्यक्तिप्रति झुकाव छ । ’

उनले जबराले अहिलेसम्म कुनै मुद्दा नै नहेरी ठूलो भाग खाएको गम्भीर आरोप लगाए । उनले दक्षताका आधारमा उनलाई श्रीमान् मान्नै नमिल्ने बताए ।‘न्याय बोक्ने न्यायाधीश हुनप¥यो । न्यायलाई अधिनमा राख्ने मान्छे हुनु प¥यो’,उनले भने,‘प्रधान न्यायधीशले प्रधान न्यायधीशको पद छोड्नुपर्छ ।’

उनले न्याय खरिद–बिक्री भएको ठोकुवा गर्दै भने,‘कसैले आएर भनोस् न चोलेन्द्रले घुस खाँदैनन् । त्यो वाइयात कुरा हो ।’
उनले प्रधानन्यायाधीश चोलेन्द्रले घुस खाएको उदाहरण यसरी प्रस्तुत गरे–म एउटा उदाहरण दिन्छु । हरिशरण पाण्डेहरुको इन्जिनियर कलेजको त्यसको मुद्दा विचाराधीन छ । तपाईँहरु प्रिन्सिपललाई गएर सोध्नुस् । ३ चोटी उनको भाइले आएर मेरो अफिसमा भन्यो– प्रिन्सिपलले तपाईँ मलाई भेटेर रकम,कलम दिनुहुन्छ भने दिनुस् आज मुद्दै भनिदिन्छु । दिनुस् नभए तपाईँको विपक्षीले जित्छ ।’ उनले अदालतको हालत बिग्रेको बताउँदै कहिलेकाहिँ त न्यायाधीशहरुलाई बेच्नबाटै थुतेर फ्याकौँ जस्तो हुने पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->