बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मानव सेवा आश्रममा बारको सहयोग

मानव सेवा आश्रममा बारको सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

बागलुङ/च्च अदालत बागलुङ, बार एसोसिएसन बागलुङ इकाइले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्र्तगत शनिबार मानव सेवा आश्रममा भोजनको व्यवस्थापन गरेको छ ।
बारले ६ हजार रुपैयाँ सहयोग गरेर आश्रमका आश्रितलाई भोजन खुवाएको हो । हिंंसाविरुद्धको अभियानको अबसर भएपनि मानवताको पक्षमा काम गरेको बारका अध्यक्ष अखिलनाथ शर्माले बताए । उक्त अवसरमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरेले आश्रम संचालक सुमिरा लामालाई नगद रकम हस्तान्तरण गरेका थिए ।

आश्रममा अहिले ४९ जना असहायलाई राखिएको छ । सडकमा भेटिएका तथा अलपत्र परेकाहरुको अभिभावक बनेर आश्रमले खानेबस्ने व्यवस्थापन गरेको हो । मानसिक समस्या भएकालाई आश्रमभित्रै औषधि उपचारको व्यवस्था गरिएको छ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता निउरेले बारले कानूनीमात्र नभई न्यायिक र मानवताको क्षेत्रमा पनि काम गर्छ भन्ने सन्देश दिनका लागि यो सहयोग गरेको बताए । हिंसा विरोधी अभियानमा नाराजुलुस वा अन्य कार्यक्रम मात्रै भैरहेकोमा पारिवारिक तथा सामाजिक हिंसामा परेकाहरुको उद्दारमा खटिएको आश्रममा पुगेर सहयोग गरेको शर्माको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->