बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुखबाट लडेका घाईते शिक्षकलाई हेलिकप्टरमार्फत काठमाण्डौ पु-याईयो

रुखबाट लडेका घाईते शिक्षकलाई हेलिकप्टरमार्फत काठमाण्डौ पु-याईयो


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

बागलुङ/तरकारीका लागि करेला टिप्ने क्रममा रुखबाट लडेर घाईते भएका यहाँका एक शिक्षकलाई हेलिकप्टरद्वारा उद्धार गरिएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ८ का ५४ बर्षिय टकबहादुर काउचालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौको बिएण्डबी अस्पताल लगिएको हो ।

सोमबार बिहान तरकारीका लागि करेला र इसकुस टिप्न रुखमा चडेका काउचा लडेर गम्भिर घाईते भएका थिए । पुरानो गाउँ माध्यमिक विद्यालयका शिक्षकसमेत रहेका उनको भिमगिठे स्वास्थ्यचौकीमा सामान्य उपचारपछि काठमाण्डौ पठाईएको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->