बागलुङ/बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन् । दुवै जना पुरुष भएको स्थानीय भरत पौडेलले बताए । दुर्घटतनामा घाईते भएका १२ बर्षिय सुदिप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्याक्टरका चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्याक्टर भीरबाट झण्डै दुईसय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।





