बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दुर्घटना अपडेट : इलाकाले शव निकाल्न सकेन, जिल्लाको टोली घटनास्थल जाँदै

दुर्घटना अपडेट : इलाकाले शव निकाल्न सकेन, जिल्लाको टोली घटनास्थल जाँदै


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

 

बागलुङ/ बागलुङको बलेवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको कैयाबाट सरंगीका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालिगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन् । अफ्ठेरो भीरमा शव अड्कीएकाले मृतकको शव निकाल्न र पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बलेवाको समुहले शव निकाल्न नसकेकाले जिल्ला प्रहरी कर्यालय बागलुङको टोलि घटनास्थल तर्फ हिँडेको प्रहरी उपरीक्षक इकवाल हवारीले बताए ।

मृतक दुवै जना पुरुष भएको स्थानीय भरत पौडेलले बताए । दुर्घटतनामा घाईते भएका १२ बर्षिय सुदिप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लगिएको छ । उनी जैमिनी नगरपालिका–१ कुश्मीशेरा घर भएका बालक भएको स्थानीय सँग बताएका छन् । ट्याक्टरका चालक बागलुङ नगरपालिका–१३ तहैका युवक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्याक्टर भीरबाट झण्डै दुईसय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए । स्थानीयका अनुसार बालुवा बोकेर हिँडेको ट्याक्टरमा नारायणस्थानकै नमुना गाउँका दुई युवा चडेका थिए । उनीहरु घटनास्थलसम्म पुगे वा पुगेनन् भन्ने बिषयमा अभिभावक बोलाएर खोजी भैरहेको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । ट्याक्टर चडेका युवा सम्पर्क बिहिन छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->