बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुवैको पहिचान खुल्यो

ट्रयाक्टर दुर्घटनामा मृत्यु हुने दुवैको पहिचान खुल्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७८, सोमबार

बागलुङ/ बागलुङको बलेवा स्थित कैयामा सडक देखि खोलामा ट्रयाक्टर खस्दा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । बागलुङ नगरपालिका १४ नारायणस्थानको कैयादेखि कुश्मीसेरा हिडेको ध १ च ३६० नम्बरको ट्रयाक्टर सोमबार बेलुकी कालीगण्डकी करिडोरको बलेवा कुश्मीसेरा सडक खण्डको भीरबाट खसेका थियो । घटनामा मृत्यु हुनेमा नारायणस्थानकै अन्जादी ५५ बर्षिय शेरबहादुर बिक र अन्दाजी ३२ बर्षिय गोरे नेपाली भएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । घटनामा घाइते भएका १२ बर्षका सुदिप केसीलाई उपचारकालागि पर्वत अस्पताल पठाइएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

घटनापछि ट्रयाक्टर चालक फरार भएका छन् । सडकदेखि दुइसय मीटर तल खसेकोले मृतकको  उद्दार गर्न कठिन भैरहेको प्रहरीले बताएको छ । प्रहरी निरिक्षक बिजय भण्डारीको नेतृत्वमा बिपत व्यवस्थापन गुल्मका प्रहरी समेत घटनास्थल पठाइएको प्रहरी उरीक्षक हवारीले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेहरु किन ट्याक्टर चडेका थिए भन्ने बिषय खुलेको छैन् । उनीहरु नारायणस्थानकै नमुना गाउँबाट ट्याक्टरमा चडेको घाईते बालकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->