बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

खहरेमा पीकअप खस्यो, एकजनाको मृत्यु, तीन जना घाईते

खहरेमा पीकअप खस्यो, एकजनाको मृत्यु, तीन जना घाईते


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

बागलुङ/ मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तरगत काठेखोलाको खहरेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । बिहुँबाट बागलुङ बजार आउँदै गरेको
बा१८च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जीप सडकबाट ३० मिटर तल खसेको हो । दुर्घटनामा बागलुङ नगरपालिका–७ का ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
घाईते हुनेहरुमा बागलुङ नगरपालिका–१ रामरेखाका ४० बर्षिय टक बहादुर बोहरा, ४४ बर्षिय दिनेश गिरी र २५ बर्षिय अजय शिवाकोटी रहेका छन् । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । दुर्घटनकाको कारण भने खुलेको छैन् । जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->