बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा मतदाता नामावली संकलन विशेष अभियान

बागलुङमा मतदाता नामावली संकलन विशेष अभियान


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७८, बिहिबार

बागलुङ/आसन्न निर्वाचनलाई लक्षित गरेर बागलुङमा मंसिर तेस्रो सातादेखि मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको हो ।

निर्वाचन कार्यालय बागलुङले बुधबार राजनीतिक दल तथा सरोकारवालाहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यहि मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने जानकारी गराइएको थियो । मतदाता नामावली संकलन विशेष कार्यक्रमको पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, जैमिनी नगरपालिकामा गरिने छ ।

दोस्रो चरणमा यहि मंसिर २८ गतेदेखि निसीखोला, ताराखोला, काठेखोला, बरेङ गाउँपालिकामा मतदाता नामावली संकलन गरिने निर्वाचन कार्यालय बागलुङले जनाएको छ । मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गर्न समेत सक्नेछ ।

साथै, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने बताईएको छ ।मतदाता नामावली दर्ताको लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कलल र प्रतिलिपि साथमा लिई जानुपर्नेछ ।
अन्तरक्रियामा सहभागिहरुले मतदाता नामावली संकलन गर्ने स्थानहरु थपिनु पर्नेमा जोड दिएका थिए । हाल तोकिएको स्थानहरु मात्र उपयुक्त नभएको र वडा तहसम्म मतदाता नामावली संकलन गरिनु पर्नेमा जोड दिएका थिए । यद्यपि, निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायण दत्त शर्मा ढुंगानाले भने निर्वाचन आयोगले तोकेको भन्दा अन्यत्र गर्न नसकिने जवाफ दिएका थिए ।

मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिले जिल्ला बाहिर वा आफू रहेको ठाउँबाट नै दर्ता गर्न सक्नेछन । २०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन्भने त्यस पछिको अवधिमा ३ हजार ४ सय ७० थपिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमखु राजेन्द्र ढुंगानाले मतदानको लागि उमेर पुगेका व्यक्तिहरु नछुटाउन सबै राजनीतिक दल लाग्नु पर्नेमा जोड दिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->