बागलुङ/ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्र्तगत आइतबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सकिएको छ । बागलुङ नगरपालिका र सामाजिक विकास कार्यालयको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो ।
‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २० विद्यालयका बालबालिकाले भाग लिएका थिए । प्रतियोगितामा विद्यामन्दिर माविकी प्रसिद्धा सापकोटा प्रथम, अमर आदर्श माविकी अनुस्का खत्री द्वितीय र चिल्डे«न लाइफ बोर्डिङका प्रेम वली तृत्तीय भएका थिए । विजयी विद्यार्थीलाई नगद ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमाणपत्र वितरण गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले हिंसा न्युनीकरणका लागि घर घरबाटै प्रयास गर्नुपर्ने बताए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन निर्माण भएपनि व्यवहारमा लागू नभएपछि हिंसा न्युनीकरण नभएको बताए । त्यसका लागि कानुन बन्नुभन्दा आम मानिसको धारणा परिवर्तन आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बोलेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले तथा शिक्षा शाखाका दिपक शर्माले सञ्चालन गरेका थिए ।





