बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लियो दिवशमा दिप प्रज्वलन

लियो दिवशमा दिप प्रज्वलन


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७८, सोमबार

बागलुङ/लियो क्लब अफ बागलुङ कालिका सहित जिल्लामा क्रियाशिल क्लबहरुको सहभागितामा लियो दिवश मनाइएको छ ।
लायन्स क्लबको जुनियर क्लबको रुपमा १६ देखि ३० बर्ष उमेर समूहका युवाले लियो क्लब गठन गर्ने चलन छ । क्लब स्थापना दिवशको अबसर पारेर संसारकै लामो झोलुंगे पुलको बागलुङ तर्फको किनारामा आइतवार साँझ दिपप्रज्वलन गरिएको हो । उक्त अबसरमा लायन्स क्लब अफ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले युवाहरु कुलतमा फस्न नदिन लियोले भूमिका खेलेको बताए । उनले युवाहरुले क्षमता बिकासका कार्यक्रम गरेर नेतृत्वमा पु¥याउने काम गरेको समेत बताए ।

लियो क्लब अफ बागलुङ कालिकका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लियो क्लब अफ डिस्टिक एडमिस्टेटर सौरभ केसीले पनि बोलेका थिए । हरेक क्रियाकलाप बजारको चोकचोकमा गर्दै आएकोमा लियोले भने पुल चिनाउने उद्देश्यले बाङगेचउरमा लगेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->