बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मनवअधिकार दिवशमा प्रभातफेरी

मनवअधिकार दिवशमा प्रभातफेरी


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७८, शनिबार

बागलुङ/ अन्तराष्ट्रिय मानवअधिकार दिवश तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर बागलुङमा प्रभातफेरी गरिएको छ । शुक्रबार बिहान समिक्षालय चोकबाट शुरु भएको प्रभातफेरी बजार परिक्रमापछि कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सहभागीले महिला हिंसा न्युनिकरण गर्ने अभियान पनि मानवअधिकारको सूचक भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मी जिसी कार्की लगायतले हिंसा विरुद्धको अभियान न्युनिकरण हुँदा मानवअधिकार पनि संरक्षित हुने बताएका थिए ।
मानवअधिकार संगठन बागलुङ, प्रशासन, प्रहरी र बारको सहभागितामा प्रभातफेरी गरिएको थियो । लैंगिक हिंसा विरुद्धको अभियान नोभेम्बर २५ देखि शुरु भएको हो । यो अभियानको क्रममा जिल्लाका क्रियाशिल संघसंस्था, पालिका र अन्य सरकारी कार्यालयले समेत विभिन्न क्रियाकलाप गरेर दिवस मनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->