सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

मावि शिक्षकका लागि विज्ञापन खुल्यो, गण्डकीमा ५५ जना

मावि शिक्षकका लागि विज्ञापन खुल्यो, गण्डकीमा ५५ जना


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७८, बुधबार

काठमाडौं / शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । बिज्ञापन अनुसार प्रदेश नं. १ मा सबैभन्दा धेरै ६१ जना र दोस्रोमा गण्डकी प्रदेशका लागि ५५ जनाका लागि बिज्ञापन खोलेको हो । कर्णलि प्रदेशका लागि सबैभन्दा कम ९ जना माग भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->