मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

महानगरका दश वडामा नगर युवा परिषद्

महानगरका दश वडामा नगर युवा परिषद्


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७८, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिकाका १० वटा वडामा नगर युवा परिषद् वडा समिति गठन गरिएको छ । महानगरपालिका भित्रका युवाहरुको क्षमता अभिवृद्धि र सीपमूलक कार्यक्रममा जोड्ने उद्देश्यसहित गत वैशाखमा महानगर युवा परिषद् गठन गरेपछि वडास्तरीय समिति गठन कार्य अगाडि बढाइएको हो ।

महानगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष हरिबोल गौतमका अनुसार अबको एक महिनामा सबै वडामा युवा नगर परिषद् गठन गरिने बताए ।
गौतमका अनुसार वडा नम्बर ८ मा सञ्जीव बराल, १० मा विजय घिमिरे, १९ अशोक अधिकारी, २१ मा रोशन भट्टराई, २३ राजु घले २८ मा विष्णु भण्डारी सुवेदी, ३० मा सुमित जिसी, ३१ मा विनोदबाबु लामिछाने, ३३ महेश्वर अर्याल अध्यक्ष रहेको वडा नगर युवा परिषद् गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->