पोखरा/गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की लैंगिक तथा सामाजिक समावेशीकरण समितिद्वारा पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उनले प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिइन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा र कृष्णप्रसाद तिमिल्सिनाले कोभिड १९ को जोखिमको अवस्थामा रेडक्रसले आफ्ना सम्पूर्ण सेवामा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।
संस्थाका मन्त्री धर्मराज अधिकारीले रेडक्रस विपदका समयमा मानवीय सेवासहित खानेपानीको व्यवस्था, प्राकृतिक प्रकोपमा उद्धार तथा राहत उपलव्ध गराउन सक्रिय रहँदै आएको बताए ।
कार्यक्रम संयोजक एवम रेडक्रस सोसाइटीका उपमन्त्री उर्मिला खड्काले जहाँ दुःख त्यहा रेडक्रस भन्ने अभियानमा जुट्न सवैलाई आग्रह गरिन् । तालिममा कास्कीका विभिन्न ४८ उपशाखाका ९६ जना महिलाहरुको सहभागिता छ ।





