पोखरा/ पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३४३ औं शृङ्खला सम्पन्न भएको छ ।
काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।
काव्य सन्ध्यामा विम्बकवि रमेश श्रेष्ठ, इञ्जिनियर कौशलचन्द्र जिसी, इन्द्र राना प्रतीक, डा. चैतन्य अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, रोशन तिमिल्सिनालगायतका कविहरूले आ–आफ्ना रचना सुनाएका थिए ।
‘साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण’को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील छ ।





