पोखरा\तमु जातिको नयाँ वर्ष (तो ल्हो) पोखरामा भव्य रुपले बनाइने भएको छ । ल्वों ल्हो(गाई वर्ग)को विदाई र तो ल्हो(बाघ वर्ग)को आगमनमा तमु धिं नेपाललगायतका विभिन्न तमु संघ संस्थाहरुले पोखरामा विविध कार्यक्रमहरु गरी मनाउने तयारी गरेका छन् ।
तमु धिं नेपालमा पुस १० गते तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले शुभकामना आदान प्रदानसहित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने छ भने पुस १२ गते तमु धिं नेपाल युवा विभागले ल्होछारको शुभकामना आदान प्रदानका साथै तमु युवाहरुलाई प्रशिक्षित गर्नुे भएको छ ।
पुस १४ गते तमु धिं नेपालमा तमु धिं नेपाल र केन्द्रीय आमा समितिद्धारा शुभकामना आदान प्रदान, विविध सांस्कृतिक कार्यक्रम, सम्मान, छात्रवृत्ति एवम पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको तमु धिंले जनाएको छ । बेलुका तमु ह्युल चोक बिरौटामा दीप प्रज्वलन गरी तो ल्होलाई स्वागत गर्ने र तमु धिंमा स्योंकै कार्यक्रम हुने भएको छ ।
यस्तै गरी पुस १५ गते बिहान तमुहरुले आफ्ना मान्यजन, गुरु, खेगीहरुबाट आशीर्वाद ग्रहण गर्ने, ग्रहशान्ति, पुजाआजा गर्ने र तमुहरु क्होइबो, गुम्बा, समाजघर र मान्यजनको घर घरमा पुगी आर्शिवाद गर्ने गर्दछन भने दिउसो २ बजे पश्चात तमु संघ संस्थाहरुबाट सामुहिक रुपमा ल्होछार÷ल्होसार तमु धिंमा मनाइने भएको छ ।





