बागलुङ/बागलुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले जेष्ठ नागरिकहरु अनुभवको खानी र राज्यका सम्मानित नागरिक भएको बताएका छन् । जीवनको उर्जावान समय राज्यकालागि खर्चेकोले बुढाबुढी भएपछि राज्यले सम्मान गर्ने नीति बनाएको समेत बताए ।
राष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसरमा बागलुङ नगरपालिकलो आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जेष्ठ नागरिकको सम्मान गर्दा देशकै छवि उचो भएको समेत बताए । राज्यको कानून भएर पनि अझै कतिपय स्थानमा जेष्ठ नागरिक अपमानित भएकोले राज्यका निकाय, सामाजिक संस्था समेतले खोजी गरेर सम्मानको दायरामा ल्याउनु पर्ने भन्दै धनी र गरिब परिवार नभनी सबैलाई सम्मान गर्नुपर्ने समेत बताए ।
आइतबार आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका वडा न। ४ का अध्यक्ष धु्रूबबहादुर केसी, सामाजिक विकास कार्यालयका प्रमुख डम्बरबहादुर जिसी, वडांं १३ का जेष्ठ नागरिक समाजका अध्यक्ष उमानाथ शर्मा लगायतले जेष्ठ नागरिक दिवशको औचित्य बारेमा बोलेका थिए । कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलको अध्यक्षता र सरस्तवी देवी रेग्मीको सञ्चालनमा भएको थियो ।
नगरपालिकाले हरेक वडाबाट एक महिला र एक पुरुष जेष्ठ नगारिकलाई सम्मान गरेको हो । साथै प्रति व्यक्ति ५ हजार रुपैयाँ नगद र एकएकवटा साना ब्ल्यांकेट समेत बितरण गरेको थियो । हरेक वर्ष गर्ने भनेपनि गत बर्ष कोरोना संक्रमणका कारण रोकिएको कार्यक्रमलाई यो बर्ष फेरी निरन्तरता दिएको पोखरेलले जानकारी दिए ।





