सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

लोपोन्मुख गाई बचाउन गौशाला

लोपोन्मुख गाई बचाउन गौशाला


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

म्याग्दी\म्याग्दीको सदरमुकाम बेनीसंग सीमाना जोडिएको पर्वतकोजलजला गाउँपालिका ७, धाइरिङमा स्थानीय जातका गाईको सरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाई छन् ।
गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमार्फत करिब साढे तीनकरोड रुपैयाँ संकलन गरिएको थियो । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताए ।
गौशाला अवलोकन र गाईको सेवाका लागि धाइरिङमा धार्मिक पर्यटकहरु पुग्न थालेका छन् । शनिबारमात्रै सय जनाभन्दा बढी धार्मिक पर्यटकहरु पुगेर सामूहिक रुपमा गौपूजा र गाईको आहाराका लागि पराल संकलन गरेको त्यहाँ पुगेर फर्किएकी पर्वत मिलनचोककी जमुना आचार्यले जानकारी दिइन् ।गौशालामार्फत धाइरिङलाई धार्मिक पर्यटकको केन्द्र बनाउन लागिएको गण्डकी गोपाल गौशालाका अध्यक्ष राजु आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->