सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बसपार्कमा एक महिलालाई ९ जनाद्वारा रातभर बलात्कार

बसपार्कमा एक महिलालाई ९ जनाद्वारा रातभर बलात्कार


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

काठमाडौं/काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरिएको छ। काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार ३४ वर्षीया महिलालाई मंगलबार रातभर सामूहिक बलात्कार गरिएको हो।

नयाँ बसपार्कस्थित एउटा गेस्ट हाउसमा लगेर ती महिलालाई सामूहिक बलात्कार गरिएको हो। यसैबीच प्रहरीले बलात्कार आरोपमा काठमाडौंको नयाँ बसपार्क, गोंगबुबाट ८ जनालाई पक्राउ परेको छ।

पीडित पक्षले दिएको उजुरीमा पीडक ९ जनाको नाम छ। जसमा अझै एक जना पक्रिन बाँकी छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार सात जनालाई मंगलबार राति र एक जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।

आरोपितमध्ये सात जना मुगुका मात्रै छन्। एक  जना अर्घाखाँचीका छन्। पीडित महिला सुर्खेतको भएको खुलेको छ। उनका श्रीमान भारतमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका  पुरुष १९ देखि ४३ वर्षसम्मका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->