बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा हिमपात, जनजीवन प्रभावित

बागलुङमा हिमपात, जनजीवन प्रभावित


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार
तस्विरः सामाजिक सञ्जालबाट साभार

बागलुङ – बागलुङका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र बाहेकका पहाडहरुमा यो बर्षको पहिलो हिमपात भएको हो ।

मंगलवार साँझदेखि बर्षासँगै हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । बागलुङको जैमिनी नगरपालिका–३ गाजाको दह क्षेत्रमा भारी हिमपात भएको स्थानीय शिक्षक अगन्धर सापकोटाले बताए । ‘गाजाको दह सिंगारिएको छ, यो साच्चिकै सुन्दर देखिएको छ’ हिउँमा खेल्दै गरेको दृष्य सामाजिक सञ्जालमा साझा गर्दै सपाकोटाले लेखेकाछन् ।

मंगलबार साँझदेखिनै गाजाको दहक्षेत्रमा हिमपात भएको थियो । ढोरपाटन शिकार आरक्षको बागलुङ क्षेत्रमा पनि भारी हिमपात भएको छ । ढोरपाटन क्षेत्र सेताम्मे रहेको स्थानीयले बताए ।

गलकोटको घुम्टेको धुरी र आसपासका क्षेत्रमा हिमपात भएको छ । ताराखोलाका बिभिन्न पहाडहरु, काठेखोला गाउँपालिकाको घोडाबाँधे र जैमिनी नगरपालिकाको हाँडिकोटमा हिमपात भएको छ । हिमपात र बर्षाका कारण बिशेषगरी बिद्यालय जाने बालबालिका, पशुचरन गर्ने गोठाला तथा दैनिक दिनचार्यमा रहेका मानिसमा यसको असर परेको छ ।

हिमपात भएका क्षेत्रमा युवायुवतीले भने रमाईरहेका छन् । बर्षा र हिमपातले हिउँदे बाली गहु“ र जौ बालीलाई भने निकै राम्रो भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताए ।

हिमपात र बर्षाका कारण सबैभन्दा धेरै जेष्ठ नागरिक र बालबालिका प्रभावित भएका छन् । उच्च पहाडी क्षेत्रका विद्यालय समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->