बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोटमा खोज पत्रकारिता तालिम

गलकोटमा खोज पत्रकारिता तालिम


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०७८, शुक्रबार

बागलुङ/जिल्लाको गलकोटमा खोज तथा भिडियो पत्रकारिता तालिम सुरु भएको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा पत्रकार महासंघ बागलुङको व्यवस्थापनमा तालिम सुरु भएको हो ।
तोरीखोला सामुदायिक घरबासमा सुरु भएको तालिममा बागलुङका बिभिन्न सञ्चार माध्याममा कार्यरत ४० जना पत्रकारहरुको सहभागिता रहेको आयोजक समितिका सदस्य रञ्जीता शर्माले बताइन् । बिहिबारदेखि सुरु भएको तालिम पुस १७ गते सकिने छ । पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न पाँच जिल्लामा तालिमको आयोजना गर्दैछ ।

बागलुङमा सञ्चालित लातिममा पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र फोटो पत्रकार कृष्णमणि बरालले सहजीकरण गर्ने महासचिव गोविन्द सुवेदीले बताए । तालिमको शुक्रबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->