बागलुङ/ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अधिबेशन पुस २९ गते हुने भएको छ । सोमबार बसेको जिल्ला शाखा बागलुङको बैठकले केन्द्रिय कमिटिको निर्देशन अनुसार पुस २९ गतेका लागि अधिबेशन गर्ने निर्णय गरेको हो । छैटौं अधिबेशनले नयाँ नतृत्व चयन गर्ने छ ।
अधिबेशनका लागि आवश्यक तयारी गर्न बैठकले बिभिन्न उपसमितिहरु गठन गरेको छ । सदरमुकाम बागलुङ बजारमा हुने अधिबेशनमा जिल्लाभरबाट १ सय भन्दा धेरै सदस्य सहभागि हुने अध्यक्ष उमाकान्त शर्माले जानकारी दिए । चौतारीले हरेक बर्ष प्रदान गर्दै आएको प्रेसचौतारी कृयाशिल पत्रकारीता पुरस्कार यस बर्ष प्रदान गर्ने भएको छ ।
बिबिध कारणले तीन बर्षदेखि रोकिएको पुरस्कार यस बर्ष प्रदान गरिने शर्माले बताए । पुरस्कार वितरणका लागि कृयाशिल पत्रकार छनौट गर्न तीन सदस्य रहेको छनोट समति गठन गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय सल्लाहकार राम बहादुर जिसी संयोजक रहेको छनोट समितिमा केन्द्रिय सदस्य तारानाथ आचार्य र जिल्ला अध्यक्ष उमाकान्त शर्मा सदस्य रहेका छन् ।
अतिथि सत्कार उप–समितिको संयोजकमा सिर्जना पन्त, आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमाकान्त शर्मा, प्रतिनिधि व्यवस्थापन उप–समितिको संयोजकमा नबिन शिशिर बिक, मञ्च व्यवस्थापन समितिको संयोजकमा अर्जुन कार्की रहेका छन् । अन्य उप–समितिहरु समेत गठन गरेर जिम्मेबारी प्रदान गरिएको उपाध्यक्ष नबिन शिशिरले बताए । बैठकले पुस २३ गतेबाट सुरुहुने नेकपा एमालेको ९ औं जिल्ला अधिबेशन सफल पार्न रचनात्मक सहयोग गर्ने निर्णयसमेत गरेको छ । पुस २० गते जिल्ला अध्यक्षका प्रत्यासीहरुका बिचमा अन्तर संवाद गर्ने निर्णय समेत बैठकले गरेको छ ।





