बागलुङ/ बजारमा पाइने गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्ने दोषी भएपनि उपभोक्ताले पनि स्वच्छ खानेकुरा मात्रै खाएमा समस्याबाट बच्न सकिने सरोकारवालाले बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा भएको खाद्य उद्योगी तथा व्यवसायीसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी अभिमूखिकरण कार्यक्रममा सहभागिले उपभोक्ता हितविपरीत कसैले पनि काम गर्न नहुने बताएका हुन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले कानुन कार्यान्वयनमा ढिलाइ भएपनि राज्यले उपभोक्ताको हितमा काम थालिसकेको बताए । ‘तीन वर्षभित्र कानुन बनाउने भनेपनि नबन्दा केही कार्यान्वयनमा समस्या भएको हो,’ उनले भने, ‘उपभोक्ता पनि सचेत बनेर स्वच्छतामा ध्यान दिनुपर्छ ।’ खाद्यवस्तु उत्पादनसम्बन्धी उद्योग तथा होटल, रेस्टुरेन्ट जस्ता स्थान सफाइ हुनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले लेबल र गुणस्तर नभएको वस्तु किनेर खाने, धुलोमा व्यवसाय गर्नेजस्ता क्रियाकलाप रोक्न उद्योग वाणिज्य संघ लगायतका संस्थाले साथ दिनुपर्ने बताए । उनले प्रहरीले रक्सी फाल्ने,
बनाउनेले नछाड्ने प्रवृत्ति भन्दा गुणस्तरमा ध्यान दिने अवस्था आउनुपर्ने उनले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले राज्यबाट व्यवसायी सधै ठगिएको गुनासो गरे । स्वच्छ खाद्यवस्तु सबैलाई चाहिन्छ तर उद्योग खोल्ने, व्यवसाय गर्ने वातावरण राज्यले दिनुपर्ने भन्दै करैकरले व्यवसायी थलिएको टिप्पणी गरे । ‘हामीले कति ठाउँमा कर तिर्ने ? एकै ठाउँ बनाइदिनुहोस्,’ राजभण्डारीले भने, ‘उद्योग चलाउने अवस्था नभएकोले राज्यले उद्योग खोल्ने, व्यवसायीले बेच्ने गर्नुप¥यो ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सारभ श्रेष्ठको अध्यक्षता, पत्रकार रबिना बोहराको संचालन र कार्यालयकै सहेसा कुमार मेहेनताको स्वागतमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नरेश कँडेल, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, थानेश्वर सुवेदी, यामप्रसाद कँडेल मनोज थापालगायतले पनि बोलेका थिए । कार्यक्रममा कार्यालय प्रमुख श्रेष्ठले खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।





