शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कास्कीमा अत्यावश्यकबाहेकका सेवा बन्द

कास्कीमा अत्यावश्यकबाहेकका सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७८, सोमबार

पोखरा / कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।

कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि स्थगन गरिएको जानकारी दिएको हो ।

यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै राहदानी, राष्ट्रिय परिचयपत्र दर्ता फाँटको सेवा बन्द गरेको थियो ।कास्कीमा सोमबारसम्म २ हजार ९३९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा मात्रै ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->